बयान दिन अष्ट्रेलियाबाट आइन् राजदूत शेर्पा

२०७५, २३ मंसिर आईतवार ०७:०७

काठमाडौं, मंसिर २३ ।  सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ। परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ पर्केकी हुन् ।

मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। ‘राजदूत शेर्पामाथि लागेको लागेको सत्यतथ्य बुझ्न उहाँलाई काठमाडौ बोलाइएको हो’ एक अधिकारीले भने ‘ छानबीनबाट दोषी देखिए कारबाही हुनेछ भने निर्दोष देखिए काममा फर्कनेछिन्।राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ। कान्तिपुर दैनिकमा खबर छ।

 

Comments

ताजा खबर