मिस वर्ल्ड 2018 को टप १२ मा परेकी छन् नेपालकी श्रृखला खतिवडा ।

२०७५, २२ मंसिर शनिबार १९:१४

काठमाडौं, २२ मङ्सिर । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल राउण्ड  चीनमा जारी छ  । यसपालीको मिस वर्ल्डमा सारा नेपालीको ध्यान केन्द्रित भएको छ । त्यसको कारण हो शृंखला खतिवडा । फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिस्पर्धा गर्दैछन्छन्।छनोट चरणमा नेपालकी  शृंखला मिस वर्ल्डको टप १२ मा पुगेकी छिन ।

श्रृखला खतिवडा

शृंखलाले दुई उपाधि मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जित्दै फाइनल पुगेकी थिईन । उनलाई फाइनल पुग्न भने यी दुईमध्ये कुनै एउटा मात्र टाइटल जितेको भए पनि पुग्ने थियो । टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।

Comments

ताजा खबर