अभिनेत्री प्रियंका र निकको बिहेमा कति खर्च भयो होला ?

२०७५, २२ मंसिर शनिबार १०:५१

एजेन्सी । अहिले निकै नै बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनास चर्चा चलिरहेको छ । यी जोडीको भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिबाह सम्पन्न भएको छ । अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासको बिबाह ४ दिनसम्म चल्यो । यी दुइको भब्य बिबाहमा कति खर्च भयो होला भन्ने सबैलाइ कौतहलता हुन सक्छ ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड सिंगर निक जोनासबीच भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिहे भयो । करिब ४ दिनसम्म बिहेको समारोह चल्यो । दुई परम्पराअनुसार त बिहेमात्रै भयो ।यो शाही बिहेमा कति खर्च भयो एक कौतहलताको विषय हो । बिबाहमा उम्मेद दबाबरमा ४ दिनको बुकिंगका लागि प्रियंकाले ३।३ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ ।

भने एक अमेरिकन पत्रिकाले यो बिहेमा ४ करोड भारु खर्च भएको मीडिया रिपोर्टले बताएका छन् ।प्रियंका निकको सम्पती ३०० करोड डरल भन्दा धेरै छ । यती सम्पती रहेको यो जोडीले बिहेमा ४ करोडमात्र खर्च गर्नु कुनै ठूलो कुरा होइन ।टाइम्स अफ इन्डियाका अनुसार हिन्दु परम्पराअनुसारको बिहेमा करिब ३० लाख भारु खर्च भएके थियो । र पाहुनाको खानामा करिब ४३ लाख भारु खर्च भएको थियो । मेंहदीदेखि संगीत र आतिशबाजीको खर्च जोड्ने हो भने ४।१३ करोड भारु हुने बताइएको छ ।

Comments

ताजा खबर