40 लाख मोबाइल प्रयोगकर्ताहरू भयको सफ्टबैंकको मोवाइल सेवा अवरुद्ध

२०७५, २० मंसिर बिहीबार २०:३८

जापान, टोकियो ।२१ बिलियन डलर संकलन गर्ने लक्षसहित यसै महिना आइपिओ जारी गर्ने तयारीमा रहेको सफ्टबैंक ग्रुपलाई आजको  मोबाइल सेवा अवरुद्धले ठूलो नोक्सान पार्नसक्ने छ ।जापानको मोवाइल सेवा प्रदायक मध्येको एक प्रमुख सफ्टबैंकको  मोवाइल सेवा राजधानी टोकियो सहित देशभरका विभिन्न स्थानहरुमा सेवा अवरुद्ध भएको थियो । साथै वाइ मोवाइल तथा वाइफाई सेवा प्रयोग गरिरहेका ग्राहकहरु लाई पनि सेवा अवरुद्ध भयर करिब बेलुका ६:१५ सम्म समस्या भयको थियो ।

हुवावेसंगको सहकार्यमा फाइब जीको परिक्षण सुरु गरेको सफ्टवैकको देशभर नेटवर्क खराबी भएको समाचार आएसंगै ६ प्रतिशतसम्म सेयर कारोवारमा गिरावट आएको अन्तराष्ट्रिय समाचार संस्थाहरुलाई उधृत गर्दै जापानटुडेले जनाएको छ ।

सफ्टबैकका एक प्रवक्ताका अनुसार विहिवार दिउँसो १ बजेर ३९ मिनेटदेखि समस्या सुरु भएको र के कारण यस्तो भयो भन्ने एकिन नभएपनि मर्मतकार्य सुरु भैसकेको बताएका छन् ।सफ्टबैंकले आफ्नो वेवसाइटमा एक सूचना जारी गर्दै समस्या समाधानको प्रयास भैरहेको बताउँदै पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

प्रारम्भिक रुपमा टोकियो र ओशाकामा समस्या देखिएको भय पनी  अन्य ठूला सहरहरुमा  समेत  मोवाइल नेटवर्कमा समस्या आयको  थियो ।

कहिलेसम्म वा कति बजेसम्म समस्या समाधान भैसक्ने भन्नेवारे केही जानकारी थिएन । सफ्टबैंक शपहरुमा मोवाइलले काम नगरेपछि देखाउन आउनेहरुको भिंड देखिएको थियो , भने फेसबुक र ट्वीटरमा समेत प्रयोगकर्ताहरुले गुनासो गरिरहेका थिए ।

 

सफ्टबैंकले आफ्नो वेवसाइटमा एक सूचना जारी गर्दै समस्या समाधानको प्रयास भैरहेको बताउँदै पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

साथै बेलुका ६:१५ बाट मोवाइल सेवा प्रदायक  सफ्टबैंकको  मोवाइल सेवा सुचारू भई सकेको छ ।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु