चोरीको आरोपमा ओली-प्रचण्ड बिरुद्ध सर्वोच्चमा मुद्धा दायर गर्ने

२०७५, २० मंसिर बिहीबार १७:४१

काठमाडौं । सत्तमरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड र केपी ओलीले आफ्नो पार्टीको नाम चोरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ऋषि कट्टेल मुद्धा दर्ता गर्न सर्वोच्च अदालत जाने भएका छन । कट्टेलले आज सर्वोच्च गएर मुद्धा दायर गर्ने बताए ।


सत्ता र शक्तिको आडमा आफ्नो दलको नाम नै ओली प्रचण्डले हडप्न लागेकाले आफु सर्वोच्च जान बाध्य भएको उनको आरोप छ ।
आफ्नो पार्टी नेकपा नाममा विधिवत् रुपमा निर्वाचन आयोगमा दल दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको कट्टेलले बताए ।

Comments

ताजा खबर