आज बालाचर्तुदशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

२०७५, २० मंसिर बिहीबार ०९:०५

काठमाडौँ, मंसिर २०। दिवङ्गत परिवारका सदस्यहरुको चिरशान्तिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइदै छ ।

सतबिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सतबिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजका दिन मृगस्थलीमा सतबिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

परिवारका दिवङ्गत सदस्यको चिरशान्तिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सतबिज छर्न जागराम बसेको थिए ।

आज नुवाकोट, म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सतबिज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

Comments

ताजा खबर