गायक शालिकराम भण्डारीको परान उडेझै बजारमा

२०७५, १६ मंसिर आईतवार ०८:२०

डिसेम्बर २ । बजारमा हे छैन अर्थ ज़िन्दगी साँच्नुको तिमी विना धर्तिमा बाँच्नुको हे बरु चाहिन्न लाउन र खानलाई नपरोस् है छोडेर जानलाई चंगाको धागो चुडेझै गितको शव्दले भनेजस्तै हरकोहि प्रेमी जोडीहरुलाई यस्तो लाग्छ उ अथवा उनि नभए ज़िन्दगी साचिरहनुको के अर्थ ? धर्तिमा बाँचिरहनुको के अर्थ ? प्रेममा परिसकेपछि खान लाउनलाई बरु केहि नचाहिएला तर छोडेर कतै जान नपरोस् । 

सुमुधुर स्वरका धनि चर्चित युवा गायक तथा सर्जक शालिकराम भण्डारीको स्वरमा प्रेमी जोडिहरुको यथार्थ अभिव्यक्ति सहितको यो मिठो गितमा नव सर्जक बिष्णु खवास एकल ले शव्द सृजना गर्नुभएको छ भने भण्डारीलाई महिला आवाजमा साथ दिनुभएको छ नव गायिका सपना गिरीले ।  यो गितमा लय चर्चित युवा गायक तथा सर्जक यज्ञ सापकोटाले संकलन गर्नुभएको छ । स्वायम गायक भण्डारीले थेगो सृजना गर्नुभएको यो “परान उडेझै” बोलको गितलाई अकलादेवी म्यूज़िक प्रालीले उत्पादन गरि आफ्नै यु टुव च्यानलवाट गितलाई सार्वजनिक गरेको छ । स्रिराम भण्डारीको प्रस्तुतिमा सार्वजनिक गरिएको यो मिठो गितलाई मिना रेग्मीले बिषेश सहयोग गर्नुभएको गायक शालिकराम भण्डारीले जानकारी दिनुभएको छ ।  

Comments

ताजा खबर