सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड मर्मतका लागि बन्द हुने

२०७५, १६ मंसिर आईतवार ०३:४२

भविन्द्र गौतम, पाल्पा, १५ मङ्सिर 

पाहाडलाई तराइ सङ्ग जोड्ने मुख्य राजमार्ग सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा यात्रा गर्नु मृत्युका लागि तयार हुनुजस्तै हो । किनभने यो क्षेत्रमा कतिबेला पहिरो खस्छ भन्ने ठेगाननै हुँदैन । कहिले हिले पहिरो, कहिले धुले पहिरो, कहिले ठुलाठुला चट्टान बाटोमाथी बाट खस्ने हुँदा ज्यानको माया मारेर भएपनी यात्रा नगरी सुखै छैन । यहि क्षेत्रमा सुरक्षित यात्रा गराउनका लागि सडकमा भएका ढुंगा फुटाई हटाउने, पहिरो हटाउने, र  सडक समेत मर्मत गर्ने कार्यका लागि २०७५ मङ्सिर १७ देखि १९ गते सम्म  ३ दिनको लागि बिहान १० बजे देखि  दिउँसो ४ बजे सम्म अत्यावश्यकीय सवारी बाहेक अन्य सवारी साधन  पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । 

 सवारी चापलाइ मध्येनजर गर्दै बुटवल तर्फ जाने सवारिका साधनलाइ केराबारिमा र पाल्पा तर्फ आउने सवारीसाधन लाईओ चिडियाखोलामा नै रोक लगाइने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । मर्मतको समय पछि वा अगाडि भने सबै सवारीसाधन सन्चालन हुनेछन ।

Comments

ताजा खबर