बिबादित बन्दै होलाङ्ग्दी ढुङ्गाखानी बाइपास सडक

२०७५, १५ मंसिर शनिबार १०:२८

भविन्द्र गौतम, पाल्पा, मंसिर १४,

वहुचर्चित वनेको होलाङ्गदी ढुङ्गाखानी सडकमा सवारी संचालन भएपछी उक्त सडक बिबादित बनेको  छ । जिल्ला प्रशासन कार्यालय को सभाहलमा सरोकारवाला पक्ष्य बिचमा भएको बैठकले निर्णय गरेपछी बाइपास सडकमा सवारी सन्चालन भएका थिए ।

 पाल्पा पश्चिम तथा गुल्मी जाने आउने सवारी साधनलाई होलाङ्गदी ढुङ्गाखानी वाइपासको बाटोबाट पठाउन थालिएपछि त्यसको प्रभाब तानसेनमा देखियेको छ । तानसेनका व्यापारीहरू व्यापार कम भएको र वजार सुनसान भएको भन्दै निर्णय फिर्ता लिई स्वईच्छ्याले आवत जावत गर्न पाउनुपर्ने व्यवस्था मिलाउनका लागी दवाव स्वरुप तानसेनका ब्यवसायीहरु छलफलमा जुटेका छन । 

तानसेनको बजार क्षेत्रबाट अन्यत्र जाने सवारी साधन बजारवाट संचालन गरी अन्य क्षेत्र वाट छुटेका सवारी साधनलाई सडक साघुरो भएको कारण देखाई बाइपास बाट सवारी साधन संचालन गरीएको थियो ।  तत्कालको लागि अस्थायी व्यवस्थापन गर्न अर्घाखाची, गुल्मी, बाग्लुङ जाने यातायातका साधनहरु वाईपासको वाटो संचालन भएपछि तानसेनका वजारहरु सुन सान जस्तै वनेका ब्यापारिहरु बताउछन ।  केही समय पहिला वाईपासको वाटोमा ठुला मालबाहक सवारी मात्र चल्दा धुलो र प्रदुषणमात्र भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रशासनको पहलमा होलाङदी, घरमपानी, ढुंगाखानी वाइपासबाट पाल्पा पस्चिम तर्फ जाने सम्पुर्ण यातायातका सवारी साधन सञ्चालन भएका छन् । 

तानसेनको सडक सँघुरो छ सवारी चापका कारण दुर्घटनाको दर पनी वढेको छ । समाधानका लागी  बाटो चौडा गर्ने क्रममा आफ्नो घरका पेटि भत्किनेडरले विकल्पका रुपमा तानसेनबासिले  बाइपासको बाटो सुचारु गर्नुपर्ने महसुस गरेका थिए । तानसेनवासीको गलत मानसिकताले वाटो चौडा गर्न पनी नदीने र वाईपासमा सवारी संचालन हुँदा पनी विरोध गर्ने प्रवृति वढेको छ ।  बाइपास बाटोमा सवारी सन्चालन गर्दा बजारको ट्राफिक जाम कमि हुने, वायु तथा ध्वनि प्रदुषण कमि हुने ठम्याइ सरोकार वाला निकाय तानसेन नगरपालिका र प्रहरी प्रशासनको रहेको छ ।

पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीहरु निकै चिन्तित भई तानसेनको विकासका लागी एकजुट हुनुपर्ने र वाईपास सडकमा स्वईच्छ्याले सवारी साधन संचालन हुनुपर्ने सुझाव दिएका छन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा जिल्लाका राजनैतिक दल, विभिन्न संघ संस्था, यातायात व्यवसायी, तानसेनका व्यापारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Comments

ताजा खबर