सांस्कृतिक प्रस्तुती सहित तमुधी जापानले ल्होसार मनाउदै

२०७५, १४ मंसिर शुक्रबार १८:२५

टोक्यो नोबेम्बर ३० । जापानको जेठो संस्था मध्येको एक तमुधी जापानले आउदो जनवरी २ तारीकमा गुरुङ समुदायको नयॉ वर्ष ल्होसार विविध सांस्कृतिक कार्यक्रमगरी ल्होसार सॉझ २०१९ मनाउने भएका छन । 

टोकियोको सिन्जुकुमा ल्होसार मनाउने निर्णय भएको तमूधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभएको हो । हालै सम्पन्न तमूधीको बैठकले यस पटकको ल्होसार सम्पन्न गर्न उपध्यक्ष सौगत गुरुङको सयोजकत्वमा विविन्न उपसमिति गठन गरी ल्होसार मनाउने तयारी गरेको जानकारी तमुधी जापानले जनाएको छ । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतीहरु सहित विविध कार्यक्रमगरी ल्होसार सॉझ २०१९ मनाउने संयोजक सौगत गुरुङले बताउनुभयो । 

ल्होसार साँझलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माणगरी कार्य विभाजन समेत गरिएको छ । जस अनुसार अतिथि सत्कार तथा स्वागत : हिमाली गुरुङ, वसन्ती गुरुङ, ईश्वर गुरुङ , दिनेश गुरुङ, अमर गुरुङ,  श्री गुरुङ, भीम गुरुङ रहनु भएको छ त्यस्तै रोधी सॉझमा प्रर्दशनी गरिने झाँकीको जिम्मा -पदम प्हच्यु गुरुङ, लिल गुरुङ, आरमान गुरुङ लाई दिईएको छ । 

सांस्कृतिक संयोजक अरमान गुरुङ आमन्त्रित तथा जापानमा रहेका कलाकारहरुको प्रस्तुति रहने जानकारी दिनुभयो ।

Comments

ताजा खबर