एन आर एन ए- आई सी सी अध्यक्ष भवन भट्टलाई पितृशोक

२०७५, ९ मंसिर आईतवार २०:१०

टोक्यो नोबेम्बर २५ । एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।

सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जपानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए ।

स्वर्गीय भट्टको शवलाई नेपाल लैजाने तयारी भइरहेको पारिवारिक स्रोत जानकारी पाइयो ।  

Comments

ताजा खबर