झुपडीमा हुर्केकी किसानकी छोरी १५ हजार प्रतिस्पर्धीलाई उछिन्दै एमबीबीएसमा नाम निकालिन ।

२०७५, ३० कार्तिक शुक्रबार ०९:११

बाके । बाकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् । मदन ढुंगाना र सिता शर्माको कोखबाट जन्मेकी यि प्रतिमालाई बधाई दिनेको ओइरो लागेको छ । उनले काम पनि त्यस्तै गरिन् ।

तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो । उनी यस्तो झुपडीमा हुर्किइन् । तर उनी भित्र भने सपनाको विशाल महल थियो । आज त्यो पुरा हुने संघारमा छ । यस्तो झुपडीमा जन्मिएर सरकारी विद्यालयमा पढेर एसइइ पास गरेकी प्रतिमाले गाउँकै इज्जत माथि उठाएर एमविविएसमा १५ हजार विद्यार्थीलाई उछिनेर नाम निकालिन् ।

आमा सिताले मासिक ६ हजार रुपैया कमाई हुने मजदुरीको काम गरेर छोरीलाई डाक्टर बनाउने सपना देखिन् । बुवा यहि झुपडीको पिडिमा बसेर छोरीले डाक्टर बनेर यस्तै झुपडीमा बस्नेहरुको सेवा गरोस् भन्ने चाहना राखे । आज भने बुवा आमाले देखेको त्यो सपना पुरा गर्ने बाटो पहिल्याएकोमा प्रतिमाले निकै गर्व गरेकी छन् । आमा टाउकोको रोगि भएकाले मेहनतको काम गर्न सक्दैनन् । आमाको कडा मेहनत र प्रतिमाको विश्वासले अहिले मलजल पाएको छ । त्यसैले सारा गाउँले नै मिलेर प्रतिमालाई फुलाउने कोशिस गरीरहेका छन् ।

प्रतिमाले एमविविएसमा नाम निकालेको थाहा पाउनासाथ सो वडाका अध्यक्ष तिलकविर सुनार सहितको टोलिले आफ्नो गाउँमा राम्रो चिकित्सक बनाउने अठोट सहित प्रतिमालाई सहयोग गर्ने प्रतिज्ञा गरे । अहिले उनी तिलक लगायत त्यस्तै सहयोगी हातहरुको भरोसामा एमविविएसको तयारी गरेकी छन् ।

सबैको आशिर्वाद र भरोसा लिएर काठमाडौं आएकी प्रतिमा अब डाक्टर बनेर सोही गाउँको सेवा गर्न चाहन्छिन् । आर्थिक विपन्नताका बावजुद पनि आमा बुवाले देखाएको साहस प्रति उनी नतमस्तक छन् । आफुलाई डाक्टर बन्ने बाटोमा सहयोग पुर्याउने गाउँलेहरुलाई उनले धन्यवाद दिएकी छन् । साथै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेकी छन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भए पछि उनको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । तर त्यसको लागि भने ठूलो धनराशी चाहिने छ । त्यसैले उनले आगामी दिनमा पनि सबैसंग आर्थिक सहयोगको अपेक्षा गर्दै लाइट नेपाल मार्फत अपिल गरेकी छन् ।

Comments

ताजा खबर