नेपालकाे पहिलो महिला एआइजीमा डा. दुर्गा थापा

२०७५, २८ कार्तिक बुधबार ०९:१८

कामठाडौं – स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् ।प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए ।उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।

Comments

ताजा खबर