निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

२०७५, २८ कार्तिक बुधबार ०९:१५

काठमाडौं । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् ।

मंगलबार धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् ।पुराना कम्युनिष्ट नेता पाण्डेले लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताए ।आईतबारदेखि निर्मला पन्तका अभिभावकले प्रशासनको मुल गेटमा टेन्ट टाँगेर २४ घण्टे अनिश्चितकालीन धर्ना दिँदै आएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ

Comments

ताजा खबर