समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयरले गरे छठपुजा

२०७५, २८ कार्तिक बुधबार ०९:११

उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे ।मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए।

उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो । उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए । पराजुली पहेँलो वस्त्र लगाएका थिए ।

परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सुर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पुजाका लागि घाट गएका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

 

Comments

ताजा खबर