दुई वर्षभित्र ई–पासपोर्ट

२०७५, २८ कार्तिक बुधबार ०९:०५

काठमाडौं, कार्तिक २८ ।  सरकारले दुई वर्षभित्र ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ। सक्दो छिटो काम थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।

ई–पासपोर्टमा जाने निर्णय असारको पछिल्लो मन्त्रिपरिषदले गरेको थियो। पासपोर्ट दुरुपयोग रोक्न ई प्रविधिमा जानुपर्ने निष्कर्षपछि सरकारले यस्तो निर्णय लिएको हो। नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने घटना बढेपछि त्यसलाई समेत सम्बोधन गर्न ई प्रविधिमा जाने तयारी भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

ई–पासपोर्ट एमआरपीजस्तै हो। यसमा थप चिप्स हुन्छ। चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औंठाछापलगायतका फिचरहरु राखिएको हुन्छ। अत्याधुनिक विमानस्थलहरुमा पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने सेन्सर हुने भएकाले यसबाट दुरुपयोग नियन्त्रण हुनेछ।

Comments

ताजा खबर