महको म प्रमोशन तथा म्यूज़िकल एभेंट कार्यक्रमको तयारी पुरा , पत्रकार सम्मेलन सम्पन्न ।

२०७५, १७ कार्तिक शनिबार १७:४४

टोक्यो नोबेम्बर ३। “महको म” लिएर जापान आइपुग्नु भएका हास्य कलाकार मदन कृष्ण श्रेष्ठले नोबेम्बर ४ तारिक जापानको कार्यक्रममा ज्ञानको साटासाट हुने बताउनु भएको छ । 

शुक्रवार जापानको राजधानी टोकियो स्थित सोलमरी मुरा हलमा आयोजित पत्रकार सम्मेलन गरी नोबेम्बर ४ तारिक टोक्योको नाकानो जेरो हलमा साझ ६ बजे बाट महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएकोछ ।  

जापानको टोकियोस्थित नाकानो जिरो हलमा महको म प्रमोशन तथा म्यूज़िकल एभेंट कार्यक्रमको लागी मदन कृष्ण श्रेष्ठ लगाएत ४ जनाको टोली बिहीवार टोकियो आइपुग्नु भएको हो ।

कार्यक्रमको टीम संयोजक रबी श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ,कलाकारहरू यमन श्रेष्ठ,नील श्रेष्ठ,सुदर्शन श्रेष्ठ साथै नेपाल पत्रकार महासंघ जापानको अध्यक्ष मोहन घले लगाएतको उपस्थित रहेको थियो ।

आयोजक शिन्जोउ कर्पोरेशनका,भर्ब इंटरनेशनलबाट र राइज़ पर्लले संयुक्त रूप आयोजना गरेको महको म पुस्तकको प्रोमोशन तथा सांस्कृतिक कार्यक्रममा उपस्थितको लागी आयोजक टीमले जापानवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

Comments

ताजा खबर