विश्वकप ट्रफी’ चन्द्रागिरिमा सार्वजनिक, ट्रफी आजै सर्वसाधारणलाई देखाइने

२०७५, ११ कार्तिक आईतवार १२:५७

काठमाण्डौँ, कात्तिक ११। इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो।  शुक्रबार नेपाल ल्याइएको ट्रफी आज (२८ गते) चन्द्रागिरिमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् ।

ट्रफीलाई आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाउने कार्यक्रम रहेको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

Comments

ताजा खबर