एक बन्दुकधारीको निसानामा ११ को मृत्यु

२०७५, ११ कार्तिक आईतवार ११:१४

अमेरिकाको पेन्सिलभेनियाको पिटर्सवर्ग क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

पेल्सिनभेनिया पुलिसका अनुसार गोली चलाएपछि बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले हिरासतमा छन् । अहिलेसम्म आधिकारक रुपमा आक्रमणकारीको पहिचान खुलाइएकाे छैन । अमेरिकी सञ्चारमाध्यमले भने ४६ वर्षीय रोवर्ट बोबर्सले गोली चलाएको दावी गरेका छन् ।

प्रहरीका अनुसार आक्रमण भएको स्थानमा प्रार्थाना चलिरहेको थियो । यहुदीहरुको पूजास्थल ट्रि अफ सिनगगमा एक गोरा व्यक्ति एसल्ट राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका थिए । गोलीको आवाज सुन्नेबित्तिकै स्थानीय प्रहरी र आपतकालीन सेवाका कर्मचारी घटनास्थल पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई भयावह हमला भनेका छन् । पछिल्ला केहि वर्षयता यस्ता हमला लगातार हुनु लज्जास्पद भएको उनको भनाइ छ ।

Comments

ताजा खबर