प्रधानमन्त्री ओलीमा छातीको संक्रमण, मन्त्रिपरिषद बैठक अनिश्चित

२०७५, ११ कार्तिक आईतवार ११:०८

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । शिक्षण अस्पतालमा उपचारपछि उहाँ बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ ।

प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ ।

शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा पनि उपस्थित हुन सक्नुभएन । पार्टी महासचिव विष्णु पौडेलले भाइरल संक्रमणका कारण प्रधानमन्त्री अनुपस्थित हुनुपरेको जानकारी गराउनुभएको थियो ।

११ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले त्यसयता नियमित औषधि सेवन गर्दै आउनुभएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि शनिबार र आईतबार उहाँको सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।आइतबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि अनिश्चित भएको छ ।

Comments

ताजा खबर