भारतबिरुद्ध नेपालको सान्दार जित

२०७५, ९ कार्तिक शुक्रबार १७:५७

काठमाडौँ । एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो ।

पहिलो हाल बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गर्न सफल भयो । नेपालका लागि रेखा पौडेलले खेलको ५९ आँै मिनेटमा गोल गरिन् । त्यसैगरी खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो ।

Comments

ताजा खबर