यू–१५ साफ च्याम्पियनसिप: नेपालको विजयी शुरुआत,माल्दिभ्स ४–०ले पराजित

२०७५, ८ कार्तिक बिहीबार १८:५८

काठमाडौँ । यू–१५ साफ च्याम्पियनसिपको चौथो संस्करण नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।

आजदेखि ललितपुरमा सुरु भएको खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोल गरेका थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट लिएको थियो । त्यस्तै खेलको ३५ औ मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालले अग्रता दोब्बर बनए ।

नेपालका लागि तेस्रो गोल ६३ औ मिनेटमा शशाक बोहराले गरे । ६८ औ मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । समुह ए मा रहेको नेपालले ३ अंक जोडेको छ । यस अघि आज भएको समुह बीको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।

Comments

ताजा खबर