चीनले बनायो समुन्द्र माथि विश्वको सबैभन्दा लामो पुल: ८ रेक्टर भुकम्प थेग्न सक्ने (८ फोटोमा हेर्नुहोस्)

२०७५, ७ कार्तिक बुधबार १९:२७

चीनमा समुन्द्र माथि बन्यो विश्वको सबैभन्दा लामो पुल हङकङ–झुहेई–मकाउ मंगलबार आधिकारिक रुपमा खुल्ला गरिएको छ । ५५ किलोमिटर लामो यो पुल हङकङलाई चिन मकाउ र झुहेई शहरसँग जोड्नेछ । चीनीया राष्ट्रपति शी जिनपिंगले झुहेई मा आयोजीत एक विशेष कार्यक्रमम यसको उद्धघाटन गरेका थिए । पुललाई सामान्य यातायातको लागी बुधबारबाट खोलीएको छ ।

३ घण्टाको यात्रा ३० मिनेटमा
पुल शुरु भए पश्चात चीनबाट हङकङ पुग्नलाई ३ घण्टाको ठाउँमा केबल ३० मिनेट लाग्नेछ । यो पुल दक्षिण चीन सागरमा रहेको पर्ल नदिको पुर्वी र पश्चिमी किनारालाई जोड्नेछ । यसको निर्माण २००९ मा शुरु भएको थियो ।

केही भाग सुरुङमा
यो पुल ६ लेनको छ र यसको केही भाग सुरुङमा पर्छ । यो २२.९ किमि समुन्द्र भएर जान्छ भने ६.७ किमि सुरुङबाट जान्छ । यो सुरुङको गहिराई ४.४ मिटर रहेको छ ।

विशेषता
– २० अरब डलर खर्च भयो निर्माणमा
– ८० हजार टन रहेको छ पुलको वजन
– ०४ लाख टन स्टीलको प्रयोग
– ११.४ मिटर अग्लो छ यो पुल
– ८ रेक्टर स्केलको भुकम्प सम्म थेग्न सक्छ पुलले

फोटोहरु

 

Comments

ताजा खबर