मन र मत नबदलिएसम्म जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्

२०७५, ५ कार्तिक सोमबार १७:२९

काठमाण्डौ, कार्तिक ५ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘मन र मत’ नबदलिए सम्म जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने बताएका छन्।

मीश्रले आफनो सामाजिक सञ्जाल फेसबुकमा फोटो शेयर गरी मन र मत बदलिएसम्म प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको “आडम्बरी–सामन्ती समाजवाद” एक या अर्को रूपमा प्रकट भइनै रहने दाबी गरेका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउन पुगेका पुर्व प्रधान न्याधिश गोपाल प्रसाद पराजुली र पुर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले टिका ग्रहण गर्दे गर्दा  घुडा मारेर टिका थापेको फोटो शेयर गर्दे ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भन्दै कडा प्रहार गरेका हुन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् । दुखी प्रजा’ र ‘सुखी राजा’का कुरा , हाम्रो मन र मत बदलिएपछि, यो अवस्था आफैं बदलिने छ। त्यसका लागि अब धेरै वर्ष पर्खिनु पर्दैन होला। अन्यथा प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको ‘आडम्बरी-सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइनै रहनेछ। जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।

राष्ट्रपति भण्डारीले सर्वसाधरणदेखी विभिन्न राजनीतिक दलका नेताहरुलाई दशैंको टिका लगाइदिँदा देखिएका केही दृष्यहरु शाहीकालका भन्दा शासकीय भएको भन्दै अहिले सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ भने फोटोहरु भाइरल भईरहेका छन् ।

Comments

ताजा खबर