नवलपुरकाे अरूणखाेलामा बस दुर्घटना हुदा ६ जनाको मृत्यु ।।

२०७५, ४ कार्तिक आईतवार ०८:०४

नवलपुर कार्तिक ४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा परी कम्तीमा ३६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै र एक जनाकाे उपचारकाे क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न सकेकाे छैन ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका २७ जााकाे पुरानाे मेडिकल कलेज भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । दुर्घटनाको थप विवरण आउन बाकि रहेकाे छ ।

Comments

ताजा खबर