नेता प्रदिप पौडेल जनसम्पर्क समिति,जापानले स्वागत ,

२०७५, ४ कार्तिक आईतवार ०४:५५

आज मुरा हलमा अन्तर्किया टोकियो कातिक ३- नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेल जापान आईपुग्नुभएको छ।विभिन्न कार्यक्रम सहभागी हुने शिलशिलामा जापान आईपुग्नु भएका पौडेललाई हानेदा एअर्पोर्टमा नेपाली जनसम्पर्क समितीका पदाधीकारी सदस्यहरु लगायत NRNA आई सि सि अध्यक्ष भबन भट्ट ज्यू को पनि उपस्थिति शनिबार दिउसो ३ बजे स्वागत गरेका थिए।

२६ तारीक सम्म जापान रहने क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने ,जापानबासी नेपाली र नेपाली कांग्रेस कार्यक्रताहरु सँग भेटघाट गर्ने कार्यक्रम तय गरे सँगै आज आईतवार दिउसो १ बजे यस नेपाली जनसम्पर्क समिति,जापानले “नेपालको वर्तमान राजनैतिक अवस्था र प्रवासी नेपालीहरूको भूमिका”विषयक एक अन्तर्किया कार्यक्रमको आयोजना नेपाली मुरा हल(सोलमारी ) सिनओकुबो,टोकियो मा गर्न लागेको जनसम्पर्क जापानका केन्द्रिय महामन्त्री रामजंग कार्की ले जानाकारी दिनुभयो ।

Comments

ताजा खबर