भारतले नेपालाई हवाई रुट दिन मानेन

२०७५, ३१ आश्विन बुधबार १८:३२

काठमाडौ, असोज ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता गरेको नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति भएको थियो । यसै विषयमा असार पहिलो साता दुई देशबीच सम्झौता पनि भयो ।

तर सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई कारण देखाइ हवाइ रुट अनुमति दिन नसकिने बताएको छ ।

सम्झौता कार्यान्वयनको विषयमा छलफलका लागि नयाँ दिल्ली पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई भारतीय अधिकारीले रुट अनुमति दिन नसक्ने बताएसँगै निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या हुने देखिएको छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम निर्माण कार्य भइरहेको छ भने निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइएको छ । प्रधानमन्त्रीको तहमा सहमति भइ सम्झौतापत्रमा हस्ताक्षर नै भइसकेको अवस्थामा भारतले सुरक्षाको कारण देखाएर हवाइ रुट दिन नसक्ने बताउनु अर्थपूर्ण छ ।

अहिले युरोप, मध्यपूर्व लगायत मुलुकबाट नेपाल आउने विमानलाई काठमाडौँमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ। थप हवाइ रुटबारे भइसकेको सहमति कार्यान्वयनका लागि आवश्यक परे प्रधानमन्त्रीकै तहमा छलफल गर्नुपर्छ ।

नेपालले चीनसँग व्यापार सम्झौता गरेपछि रुष्ट बेको भारतले यो रुट नदिनुा त्यसैको रुपमा बुझिएको छ । नेपालले चीनका ७ वटा बन्दरगाहा प्रयोग गर्न पाउने गरि चीनसँग सम्झौता भएपछि भारतीय पक्षले नेपालमाथि शंका बढाएको त्यति बेलै बुझिएको थियो ।

सम्झौता भइ कार्यान्वयनको समयमा आएर भारतले हवाई रुट नदिनुमा यसैको रुपमा लिनुपर्ने एक कुटीतिज्ञले बताए ।

नेपालको पछिल्लो समय चीनसँग सम्बन्ध हरेक क्षेत्रमा विस्तार भइरहेको भन्दै भारतले असन्तुष्टि पोख्दै आएको छ । यो पटक उसको असन्तुष्टि नेपाललाई असहयोग देखिएको हो ।

Comments

ताजा खबर