बिचार गर्नुहोस् फेसबुकले थाहै नदिई महत्वपूर्ण तस्विर डिलिट गरिदिन सक्छ ।

२०७५, २९ आश्विन सोमबार १०:१२

टोक्यो । फेसबुकमा विश्वस्त रहेर आफ्ना महत्वपूर्ण कागजात । तस्विरहरु राख्ने बानी गर्नुभएको छ भने होशियार । फेसबुकले मनलाग्दी गरे महत्वपूर्ण कागजात र तस्विरहरु हटाइदिन पनि सक्छ । पछिल्लो समय फेसबुकले विभिन्न् बहाना देखाउँदै प्रयोगकर्तालाई दुख दिन थालेको गुनासो बढीरहेका बेला यसका कैयौँ प्रयोगकर्ता रुष्ट छन् ।

जसमध्ये तस्विरमा देखिाएकी यि महिला पनि फेसबुक पिडित हुन् । केही फरक ढंगले जन्मिएको आफ्नो छोराको तस्विर यि महिलाले पोष्ट गरेसँगै फेसबुकले तुरुन्त डिलिट गरिदियो । उनको छोरा दिमाग र खप्पर बिना नै जन्मिएकाले केही असामान्य त देखिन्थ्यो नै । जसलाई न्यूरल बर्थ डिफेक्ट एनेन्सेफली भनिन्छ ।उक्त फोटोलाई उनले फेरी पोष्ट गरिन् । फोटो पोष्ट पनि भयो । तर त्यसपछि फेसबुकले फोटोलाई डिलिट मात्र गरेन, ती महिलाको अकाउन्टलाइ केही दिनको लागि डिसेबल समेत गरिदियो । फेसबुकले यो फोटोलाई कुन क्याटेगोरिमा डिलिट गर्यो, त्यो समेत बताएन । पछिल्लो समय फेसबुकले आफ्नै प्रयोगकर्तालाई सेन्सको नाममा ज्यादती गर्दै आएको गुनासो दिनानुदिन बढीरहेको छ ।

Comments

ताजा खबर