काठमाडौं ७ का सांसद मानन्धरद्वारा राजीनामा, वामदेवका लागि बाटो खुल्यो ।

२०७५, २३ आश्विन मंगलवार २०:४३

काठमाडौं, असोज २३। मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य तथा नेकपाका सांसद रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन्।

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ ।

मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

रामवीर मानन्धरलाई फकाउन सजिलो भए पनि काठमाडौं ७ का मतदातालाई रिझाउन नेता गौतमका लागि त्यति सजिलो छैन । चुनाव हारेका नेता जसरी पनि सांसद हुन खोज्यो भनेर पार्टी नेता कार्यकर्ताले नै आलोचना गर्न सुरु भई सकेको छ ।

Comments

ताजा खबर