एसएसपी डीआईजीमा बढुवा सिफारिस, को को परे ?

२०७५, २१ आश्विन आईतवार ०७:४३

काठमाण्डौ, असोज २१ । नेपाल प्रहरीको ११ वरिष्ठ उपरिक्षक (एसएसपी) को प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा सिफारिस समितिले ११ जनाको नाम सिफारिस गरेको हो ।

सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे परेका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् ।चौथो नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन्।

तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

Comments

ताजा खबर