पार्टीभित्रको विवादको व्यवस्थापन हामी आँफै गर्छौ : भट्टराई

२०७५, २१ आश्विन आईतवार ०४:४३

जापान । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रखर वक्ता योगेश भट्टराईले पार्टी भित्रको आन्तरिक विबादको समाधान हामी आफै गर्न सक्ने बताउनु भएको छ ।

शनिवार जापानको नागोयामा प्रवासी नेपाली मंच चुबुले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता भट्टराईले पार्टी भनेको बौद्धिक व्यक्तिहरूको जमात भएकोले नेकपाभित्रको आन्तरिक मतभेद कुनै विदेशीले आएर मिलाउने हैन हामी आफै मिलाउछौ सोहि प्रसंगमा नेता भट्टराईले पार्टीभित्र सवैको अस्तित्व स्विकार्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । प्रतिनिधि सभा सांसद समेत रहनु भएका नेता भट्टराईले नेकपा नेताहरूको नी नेता पार्टी भएकोले अब नेपालमा कम्युनिष्ट पार्टीले जनतालाई भलो गर्ने जिकिर गर्नु भयो ।

सो अन्तरक्रिया कार्यक्रम जापानी एक कम्पनीको निमन्त्रणा जापान आउनु भएका युवा नेता, सांसद योगेश भट्टराईको प्रमुख आतिथ्यतामा, विशेष अतिथि ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ, जनप्रगतीशिल मंचका प्रतिनिधी मोहन खत्री , ओएनएफ सल्लाहकार सरोज कडेल, लोकनाथ वस्ती,एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भन्डारी , अतिथिहरू एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेत ,ओएनएफ जापानका नेताहरू राजेन्द्र श्रेष्ठ, पशुपती गिरी,महेन्द्र अधिकारी,शंकर रिमाल,कृष्ण खनाल,तुल्सी पाठक,भिम रायमाझी,महेश खड्का, जयराम पौडेल,अमृत गुरूङ लगाएत व्यक्तिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रम ओएनएफ चुबुका संयोजक अशोक अधिकारीले संचालन गर्नु भएको थियो ।

Comments

ताजा खबर