साफ यु–१८ महिला फुटबल च्याम्पियनसिप: भारतलाई ३-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

२०७५, १९ आश्विन शुक्रबार १८:३६

काठमाडौं । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो।पेनाल्टीमा नेपाल ३-१ ले विजय हुँदै फाइनल प्रवेश गरेको हो।

नेपालले अब उपाधिका लागि आयोजक भुटान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासाग खेल्नेछ। आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

Comments

ताजा खबर