यौन उत्पीडन विरुद्ध लड्ने डेनिस मुकवेगे र नादिया मुरादलाई शान्तिको नोबेल पुरस्कार

२०७५, १९ आश्विन शुक्रबार १७:२३

काठमाडौं । विश्वभरको युद्धग्रस्त क्षेत्रमा यौन हिंसा विरुद्ध काम गरेका कंगोका चिकित्सक डेनिस मुकवेगे र यजीदी कार्यकर्ता नादिया मुरादलाई २०१८को नोबेल शान्ति पुरस्कार दिइने भएको छ ।

नोबेल समितिका अध्यक्ष बेरिस रेइस एडरसनले यो नामको घोषणा गर्दे भने “यी दुबैलाई यौन हिंसालाई युद्धको हतियारद्धारा प्रयोग निषेध लगाउने यिनिहरुको प्रयासको लागी चुनीएको छ । दुबै वैश्विक अभिशाप विरुद्ध संघर्षका उदाहरण हुन्” । शान्तिको नोबेल पुरस्कार दिने समितिका अनुसार यो पटक २१६ ब्यक्ति र ११५ संगठनलाई नामित गरीएको थियो ।

प्रत्येक बर्ष यो पुरस्कार ति ब्यक्ति वा संगठनलाई दिइन्छ जसले विश्वमा शान्तिको लागी आफनो योगदान दिएको होस वा शान्तिको लागी कोशिश गरेको होस् । यो बर्ष शान्तिको नोबेल पुरस्कारको लागी ३३१ मानिसहरुलाई नामित गरीएको थियो । नामांकित गरिएको ब्यक्तिहरुमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप, उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरीयाका राष्ट्रपति मुन–जे–इन र पोप फ्रांसिस जस्ता ब्यक्तिहरुको नाम पनि समावेश थिए ।

Comments

ताजा खबर