सगरमाथा चढ्न नक्कली ‘आरोहणपत्र’, तीन कर्मचारी पक्राउ

२०७५, १८ आश्विन बिहीबार १८:३२

काठमाडौं । सगरमाथा चढ्न नक्कली ‘आरोहणपत्र’ : सेभेन समिट ट्रेक्सका तीन कर्मचारी पक्राउ काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नक्कली आरोहणपत्र बनाउने कार्यमा संलग्न तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सेभेन समिट ट्रेक्स प्रालिमा लिगल डिपोर्टमेन्ट हेडको रुपमा कार्यरत निभेश कार्की, मार्केटिङ मेनेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् ।

सेभेन समिट ट्रेक्स प्रा.लि.मार्फत सगरमाथा आरोहण गर्न तयार भएको ‘१४ पिक एक्सपेरियन्स एभरेष्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर अभियुक्तहरुले सो अनुमतिपत्रमा भएको १२ जनाको नाममा १ चाईनिज र अर्का १ अष्ट्रेलियन नागरिकको नाम थप गरेर किर्ते गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पर्यटन विभागबाट जारी भएको आरोहण अनुमतिपत्र लुकाएर उनिहरुले सोही मिती र परमिट नम्बर राखेर नक्कली अनुमती पत्र बनाउँदै सेभेन समिट ट्रेक्स प्रालिमा पेश गरेका थिए ।

सोही किर्ते पत्रको छाँयाप्रति सगरमाथा प्रदुषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश गर्दा विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको पत्रमा आरोही संख्या फरक परेपछी केन्द्रिय अनुसन्धान ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेको बताईएको छ

Comments

ताजा खबर