गिनिज वुकमा नाम लेखियो, चामलको चिप्सबाट बनाइयो मोनालिसाको पेन्टिङ ।

२०७५, १७ आश्विन बुधबार १६:४२

टोक्यो । जापानमा आइतबार मोनालिसाको विश्वकै सबैभन्दा ठुलो चित्र बनाइएको छ । यसमा सबैभन्दा महत्वपुर्ण कुरा के छ भने यो चित्रलाई २४ हजार चामलको चिप्सको मद्यतले बनाइएको होे । चित्रको लम्बाई १३ मिटर र चौडाई ८ मिटर छ । यसको नाम गिनिज वुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।

मोनालिसाको यो पेन्टिङलाई सोका गक्कई (धार्मिक उत्सव) को एउटा विशेष कार्यक्रम अन्तर्गत २०० जना स्थानीय मानिसहरुले २४ घण्टाको कडा मेहेनतले बनाएका हुन् । यो चिप्स ७ विभिन्न रंगका थिए । यसलाई अझ आकर्षक बनाउनको लागी सोया सस, ग्रीन टि र चीनी आदिको प्रयोग गरिएको थियो । शनिवारबाट बनाउन थालिएको पेटिंगको अन्तिम पिस मेयरसँग केही अन्य विशेष ब्यक्तिहरुले लगाएका थिए ।

पेन्टिङ बनाउन समावेश भएकी ८ बर्षिय मी हमानोे आफुलाई पेन्टिङ बनाउदा धेरै नै रमाइलो भएको बताइन । मी लगायत उनको पुरै परिवारले पनि पेन्टिङ बनाउन सहयोग गरे । उनको अनुसार, उनलाई चामलको चिप्सबाट पेन्टिङ बनाउदा धेरै नै राम्रो लाग्यो र पेन्टिङ गिनिज वुकमा दर्ता भए पछि यसमा प्रयोग गरिएको चिप्सलाई मानिसहरुलाई उपहारको रुपमा बाडियो ।

Comments

ताजा खबर