२७ बर्षिय न्यौपाने यौनजन्य अपराध गरेको अभियोगमा टोकियोमा पक्राउ

२०७५, १५ आश्विन सोमबार २०:४५

टोक्यो । यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोका ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ति यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् ।

गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’ भन्दा ति महिलाले बेवास्ता गरेपछि जबर्जस्ति चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

टोकियो महानगर प्रहरीका अनुसार युवति प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।

उनलाई प्रहरी ले सोध पुछ गर्ने क्रममा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

Comments

ताजा खबर