जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति ५ नम्बर प्रदेशको सात सदस्यीय प्रादेशिक तदर्थ समिती गठन

२०७५, १५ आश्विन सोमबार ०९:४७

भबिन्द्र गौतम
पाल्पा, १५ असोज ।
बिज्ञाको बुद्धि प्रबिधिको प्रगती, धर्मको विवेक सहृदयताको सम्बन्ध, विकास न्याय स्वाधीनता समृद्धिमा नेपालको, सहृदयी तराइ मधेश पहाड र हिमालको´ भन्ने मुल मन्त्र रहेको जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति ५ नम्बर प्रदेशको भेलाले सात सदस्यीय प्रादेशिक तदर्थ समिती गठन गरेको छ । रुपन्देहीको भलुहीमा सम्पन्न प्रदेश भेलाले श्रीमती राधादेबि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । जसको प्रदेश प्रभारीमा बाकेका मित्रलाल सापकोटा, प्रदेश सचिबमा पाल्पाका भबिन्द्र गौतम, सदस्यहरुमा रुपन्देहिका श्रीराज तिमिल्सेना, दिपक के सी, नवलपरासीका हिम न्यौपाने, र दाङका भैरब कुमार डागी रहेका छन ।

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका महासचिब डा. लक्ष्मी प्रसाद खतिवडा को प्रमुख आतिथ्यता मा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले सहृदयताको सम्बन्धका आधारमा नेपालको मौलिक पुुनर्जागरणको संकल्प लिएको यो सस्थाले मौलिकता र सस्कृती रक्षाका लागि बहुउपयोगि काम गर्नुपर्ने धारणा राखेका थिय । प्रमुख अतिथी खतिवडा ले शिक्षा र उध्यमसिलता को माध्यम बाट धर्मको बिबेक प्रयोग गरि समृद्ध समाज निर्माण को संकल्प लियको हुदा सबैले तनमनका साथ समर्थन गर्न आग्रह गर्नुभयो । जरो र किलो अभियानले वैज्ञानिक सत्ययुुगलाई आफ्नो लक्ष्य बनाएको पनि खतिवडा ले बताउनुभयो ।

जरो किलो महाअभियान करिब दुुई दशक अघिदेखिको सैद्धान्तिक, वैचारिक, नीतिगत चिन्तनपश्चात् डा. निर्मलमणि अधिकारीको आह्वानमा वि.स. २०७२ मा वसन्तपञ्चमीको दिनमा स्थापना भएको हो । नेपालको मौलिक चिन्तन पद्धतिमा आधारित शिक्षातन्त्र, अर्थतन्त्र, समाजतन्त्र तथा राजनीतिक व्यवस्थाको अनुुसन्धान तथा कार्यन्वयनबाट नेपाललाई अग्रणी बनाउन यस अभियानको शंखघोष भएको अभियानले जनाएको छ । आयातित विदेशी दर्शन, मानक तथा प्रतिमानहरुलाई विस्थापित गरि नेपालको रैथाने ज्ञान–परम्परा दर्शन तथा प्रतिमानलाई स्थापित गराउन स्थापनाकाल देखि यस अभियानले विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्य गर्दै आएको छ ।

महाअभियानका सङ्कल्पकर्ता डा. अधिकारी विभिन्न विधाका विज्ञ हुन् । उनी हाल काठमाण्डौं विश्वविद्यालयमा सह–प्राध्यापको रुपमा कार्यरत छन् । उनी एक सिद्धान्तकार, सफल लेखक, शोधकर्ता, कुुशल वक्ता, महागुुरु, सामाजिक कार्यकर्ता, भावुुक कवि, राजनैतिक विचारक, अभियानकर्ता आदि रुपमा चिनिन्छन् ।
समाजका निम्ति सुखद परिबर्तनको लक्ष्य लियको यो संस्था नेपाली हरुको मनमा बस्न सफल रहोस । नेपालको बिकाश र नेपालिहरुको जिवन्स्तर सुधारमा जरो किलो महाअभियान एक सिढी बनोस हाम्रो पनि शुभकामना ।

Comments

ताजा खबर