असोज २३, संजय पौड़याल, जापान ।
गोप्रो हिरो ७ ब्ल्याक, सानो आकर ,सजिलो र छरितो चलाउन ,जसले पहिलेको हीरो ६ ब्ल्याकलाई प्रतिस्थापित गर्नेछ , नयाँ ‘हाइपरस्मूथ ‘ इलेक्ट्रोनिक इमेज स्टेबलाईज़ेशन साथमा बजारमा आऐको छ ।
गोप्रो हिरो ७ ब्ल्याक लाई गोप्रोका संस्थापक निक वुडमानले अहिलेसम्म सबैभन्दा उत्कृष्ट इमेज स्टेबलाईज़ेशन क्यामेरा भएको भनेका छन्।
यसमा सुधारिएको अडियो सहित धेरै अन्य नयाँ सुविधाहरू छन , फेसबुक ,युटुब जस्ता साइटहरूमा लाइभ स्ट्रिमिङ साथै फैंसी नयाँ टाइमलैप्स मोड जसलाई टाइम वार्प गोप्रो हिरो ७ ब्ल्याकमा रहेको छ ।
गोप्रो हिरो ७ ब्ल्याकको सबैभन्दा ठूलो विशेषताहरूमध्ये “हाइपरस्मूथ” हो।साथै यसले पानीको भित्र पनि काम गर्दछ र कुनै पनि गतिमा हावा प्रतिरोधक छ । यो ‘मेकानिकल हार्डवेयर गिम्बल’ हो ।स्मूथ फुटेज खिच्नको लागि जब तपाइँ बाइक चलाउनु हुन्छ तो समयमा पानी स्मूथ फुटेज र भीडीओ गोप्रो हिरो ७ ब्ल्याकलें खिच्छ।
अन्य विशेषताहरु यसप्रकार रहेका छन् ।
गोप्रो हिरो ७ ब्ल्याक १० मीटर पानी सम्म वाटर प्रूफ़ ।
मिनी HDMI र टाइप-सी।
४ K भिडियो माथि ६०fps सम्म ।
प्रत्यक्ष स्ट्रिमिंग।
१२ MP stills/RAW फोटो क्याप्चर।
सुपरफोटो – एचडीआर, स्थानीय टोन म्यापिंग ।
गिम्बल को आवश्यकता नपर्ने ।
अहिले गोप्रो हिरो ७ ब्ल्याकको मूल्य अमेरिकी $399. रहेको छ