इंडोनेशियाको भुकम्प पछिको सुनामी : मुत्यु हुनेको संख्या ३८४ पुग्यो, घरहरु हिलोमा परिणत

२०७५, १३ आश्विन शनिबार १६:१७

इंडोनेशियाको सुलावेसी द्धिपमा गएको भुकम्प पछि आएको सुनामीमा परि ३८४ जनाको मुत्यु भएको छ । पछिल्लो जानकारी अनुसार सुनामीमा परि कैयौ घाइते भएका छन् भने कैयौ घरहरु हिलोमा परिणत भएको छ । इंडोनेशियामा शुक्रबार ७.५ म्यागनेच्युटको भुकम्पको झट्का महशुस गरीएको थियो ।

इंडोनेशियाको जिओफिजिक्स विभागका प्रवक्ताले शुक्रबार ७.५ रेक्टरको भुकम्प पछि सुनामी आएको पुष्टि गरेका छन् । यद्यपी, विभागले सुनामीको आफनो चेतावनी भने फिर्ता लिएको थियो ।

एक स्थानीय न्यूज च्यानलका अनुसार पालु शहरमा सुनामीका कारण समुन्द्रमा ६ फिट माथिसम्म छाल उठेको थियो भने यसपछि इलाकामा कैयौ भवनहरु ध्वस्त भएको खबर पनि खबर छ ।

विभागका प्रवक्ताले भुकम्पको इलाकामा सुनामीको पुष्टि गरेको छ । उनका अनुसार घटनाको बारेमा विस्तृत जानकारी जुटाउन प्रयासरत रहेको बताएको छ । यो सम्बन्धमा घटनास्थलको विषयमा पुर्ण जानकारी पश्चात मात्र पुष्टि जानकारी जुटाउन प्रयासरत रहेको बताएको छ । यो सम्बन्धमा घटनास्थलको विषयमा पुर्ण जानकारी पश्चात मात्र पुष्टि गरीने बताइएको छ ।

राहत एजेन्सिका प्रमुख मुहम्मद स्याउगीले बताए अनुसार नेशनल सर्च एण्ड रेस्क्यू एजेन्सिले ठुलो पानीको जाहज र हेलिकप्टर समेत राहत बचाउ कार्यमा लगाइएको जानकारी दिएका छन् ।

भुकम्पको केन्द्र प्रान्तीय राजधानी पालु भन्दा ८० किलोमिटर टाढा सतहभन्दा १० किलोमीटर गहिराईमा थियो ।

Comments

ताजा खबर