जापान मनी एक्सप्रेसको नागोयामा चौथो शाखाको रुपमा रेमिट्यान्स सेवा सुरु गरेको छ ।

२०७५, १२ आश्विन शुक्रबार १८:५७

टोक्यो सेप्टेम्बर २८ । शुक्रवार जापानको नागोया शहरमा एक औपचारिक कार्यक्रम गरेर शाखाको उद्घाटन गरेको हो ।
जेएमईको टोकियो,फुकुओका,फुनावासी र चौथो शाखाको रूपमा नागोयाबाट सेवा सुरु गरेको जेएमइका मेनेजर नारायण अधिकारीले जानकारी दिनुभयो ।

नागोयामा पारसमणी पोख्ररेल,गोविन्द श्रेष्ठ केसर गिरी,डिलाराम खरेल,दिप शकंर श्रेष्ठ,सरोज कड़ेल,विस्नु प्रसाद घिमिरे,मन पुन,हवल चन्द्र लामाले संयुक्त रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

जापानमा नेपालीहरूद्वारा संचालन गरेको रेमिट्यान्स मध्येको पहिलो जापान मनी एक्सप्रेसले नेपालको ५ हजार भन्दा बढी काउण्टरबाट जापानबाट पठाएको पैसा लिन सकिने जेएमइले जनाएको छ ।जेएमइ मार्फत संसारको कुनै पनि देशमा सजिलै पैसा पठाउन सक्ने छन् र रेमिट्यान्सको सफलता पछि वित्तीय क्षेत्रमा नँया आयम थप गर्दै जेएमई बहुउद्देसिय सहकारी पनि संचालन गरेको आफ्ना ग्राहकहरुलाई थप सुबिधा प्रदान गरेको जेएमईका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो ।

जेएमई नागोया शाखावाट एक महिनासम्म सेवा शुल्क नलाग्ने र अफिसमै आएर पैसा पठाउनेलाई विशेष उपहार दिने वजार प्रवन्धक राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जापान मनी एक्सप्रेस लिमिटेडले नेपालको विभिन्न वित्तिय संस्था ,सहकारी ,बैंक गरि ५ हजार भन्दा बढी काउन्टरवाट पैसा लिन सक्ने जनाएको छ ।

Comments

ताजा खबर