अटोरेक्सा व्यवसायिद्धारा पुनः तीन दिने विरोधको कार्यक्रम घोषणा

२०७५, १२ आश्विन शुक्रबार १६:२१

गोविन्द लामिछाने ,भरतपुर- असोज -१२। भरतपुर महानगरमा एक महिना पछि फेरी अटोरेक्सा व्यवसायिहरुले आन्दोलन सुरु गरेका छन् । समस्या समाधानका लागि उपमेयर पार्वती शाहको संयोजकत्वमा गठीत कार्यदलको अस्तीत्व नभएको मेयर रेणु दाहालले प्रतिक्रिया दिएपछि व्यवसायिहरुले आन्दोलन चर्काएका हुन् ।

अटोरेक्सा व्यवसायिहरुले शुक्रबार प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा विरोध स्वरुप प्रदर्शन गरेका छन् । ६ सात सय अटो रेक्सा सहित व्यवसायिहरुले प्रदर्शन गरेको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्राईले जानकारी दिनुभयो ।

अटोरेक्सा व्यवसायिहरुले अहिले केही बेरमा हात र निधारमा कालो पट्टी बाँधेर नगर परिक्रमा गर्ने, भोली सबै अटोहरुमा कालो झण्डा राखेर अटो चलाउने, १४ गते आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताउनुभयो ।

Comments

ताजा खबर