सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा सन्दीप लामिछाने, अन्य खेलाडीको कमाई कती ?

२०७५, ११ आश्विन बिहीबार १६:४३

काठमाडौं असोज ६- खेलेरै नेपालमा जीवन धान्न कठिन रहेको गुनासो खेलाडीबाट आइरहेका बेला केही खेलाडीले भने मनग्य आम्दानी गर्दै आइरहेकाे छन् । सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा सन्दीप लामिछाने परेका छन् ।

समकालीन नेपाली खेलाडीहरुमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा सन्दीप अग्र पंक्तिमा छन् । उनले ६ महिनामै करोडभन्दा बढी कमाएका छन् । विदेशी लिगहरुमा खेल्दा सन्दीपले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।

क्रिकेटर पारस खड्काको कमाइ पनि राम्रै छ । उनले कुनै महिना १० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको नयाँ पत्रिकालाई बताएका छन् । विमल घर्तीको मासिक आम्दानी १ लाख हुन्छ भने गोलकिपर किरण चेम्जोङ ३ लाखसम्म बनाउँछन् । फुटबलर रोहित चन्दले मासिक ५ लाख कमाउँछन् भने टीटी खेलाडी नविता श्रेष्ठकाे मासिक अाम्दानी ८० हजारसम्म हुन्छ ।

फुटबलर विराज महर्जन, विक्रम लामा, र सुजल श्रेष्ठकाे कमाइ बराबर जस्तै छ । उनीहरूले नयाँ पत्रिकासँग मासिक १ लाख कमाउने गरेकाे बताएका छन् ।क्रिकेटर शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र साेमपाल कामीले पनि मासिक अाम्दानी १ लाख हाराहारीमा गर्ने गरेका छन् । समाचार नयाँ पत्रिका दैनिक बाट लिएको ।

Comments

ताजा खबर