सहयोगी हुनु सबैभन्दा ठूलो धर्मः महामन्त्री कोइराला

२०७५, १० आश्विन बुधबार १९:४६

चितवन, असोज १० । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।

भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा उनले समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

महामन्त्री कोइरालाले विदेश गएका युवाले गर्ने सेवाले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपाली जनसम्पर्क समिति अस्टेलिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएको हो ।

Comments

ताजा खबर