जुम्ल्याहा डाक्टरले गराए जुम्ल्याहा बच्चाको डेलिवरी

२०७५, १० आश्विन बुधबार १९:३१

काठमाडौं । अमेरीकामा पेंसिलवेनियाको एउटा अस्पतालमा जुम्ल्याहा डाक्टरले जुड़वां बच्चाको डेलिवरी गराएका छन् । यो खबरले अहिले विश्वमा निकै स्थान पाइरहेको छ किनभने दुबै डाक्टर पनि यसै अस्पतालमा जन्मिएका थिए ।

नेथन र मैथ्यू केलर नामका दुबै डाक्टरले फ्रेटर्नल जुड़वां शिशुहरुको डेलिवरी आफनो रेखदेखमा गराए । ३२ बर्ष पहिला यही अस्पतालमा यी दुबै डाक्टरको जन्म भएको थियो । दुबै डाक्टरले यो डेलिवरी सीजेरियन अपरेशनद्धारा गराएका थिए ।

जुम्ल्याहा बच्चामा एक जना छोरा र एक छोरी छन् । छोराको नाम जेवियर र छोरीको नाम ग्वेन्डोलिन राखिएको छ । यी दुबै बच्चाको जन्ममा मात्र १ मिनेटको अन्तर छ ।

जुम्ल्याहा बच्चाको डेलिवरीमा दुबै भाई तनमनले लागेका थिए । अपरेशन थिएटरमा नेथर र मैथ्यू लगातार काम गरीरहेका थिए र एकअर्कालाई मद्यत गरीरहेका थिए ।

बच्चाको डेलिवरी गराएपछि जुम्ल्याहा भाईले भने “यो एउटा अविष्मरणिय अनुभव थियो , ३२ बर्ष पहिला हामी जन्मिएको यसै अस्पतालमा जुम्ल्याहालाई डेलिवरी गराउदा धेरै नै रमाइलो अनुभव भयो “। अन्लाईन बाट लेखिएको छ ।

Comments

ताजा खबर