NRNA जापान द्वारा ३० जना जेहेन्दार नेपाली बिध्यार्थीलाई छात्रवृत्तिको घोषणा ।

२०७५, ९ आश्विन मंगलवार २०:२८

टोक्यो सेप्टेम्बर २५ । पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागी जापान आऊने संख्या निकै बढ़िरहेको संगसंग़ै बिध्यार्थीहरूमा दिन प्रति दिन समस्या आउन थाले पछी कसरी बिध्यार्थीहरूलाई सहयोग गर्न सकीन्छ भनेर एनआरएनए जापानले आफ्नो ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित बिभिद कार्यक्रमहरू ल्याइरहेको छ।नेपाल बाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोंपार्जन गर्ने भएतापनी केही बिध्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागी आउने तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागी मात्रै पनी काममा बढ़ी ध्यान दिनु पर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकीरहेको अवस्थालाई मध्यनजर गर्दै हाल जापानीज भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना बिध्यार्थीहरूलाई मासिक ३ मान बराबरको छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी गराउनू भयो।

छात्रवृत्तिका लागी आवेदन खूल्ला गरिएको र इच्छुक बिध्यार्थीले तलको लिंकमा आफ्नो बिवरण सहित आवेदन दिन सक्नेछन। जापानको जूनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत बिध्यार्थीले आवेदन दिन सक्नेछन।छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित बिध्यार्थीको व्यक्तिगत बैंक खाता मार्फ़त प्रत्येक महीना ३० हजारका दरले रकम प्रदान गरिने छ भने उक्त बिध्यार्थीले छात्रवृत्ति लीन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढ़ी समय काम(आरुबाईतो )गर्न पाउने छैन ।

गत June १९ तारिक एनआरएनए जापान अध्यक्ष टाशी वांगदी लामा र international Human Resource network organisation (IHNO) संग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका CEO कुमीयामा बीच भएको दोहोरो सम्झौता लाई कार्यान्वायन गर्दै पहिलो पटक संस्था मार्फ़त NRNA जापान ले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।IHNO ले बिदेशी बिध्यार्थीहरुलाई यस्तै सहयोग हरु गर्दै आउने गरेको छ।यसको प्रभावकारीता बढेक़ो खण्डमा आगामी दिनमा अझै थप गर्दै लैजाने अध्यक्ष टाशी वांगदी लामाले बाताउनू भयो । २०१८ भित्रैबाट यो सुबिधा शुरु गर्ने कुरा पनि जानकारी गराउदछौ ।

छात्रवृत्ति छनौट गर्दा बिध्यार्थीको बायोडाटा ,नेपालमा अध्ययन गरेको प्रमाणपत्र, र हाल अध्ययनरत स्कुलको हजिरि र संग़ै सम्बन्धित बिध्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेज संग सम्पर्क समेत गरेर सोधिने र छनौट प्रक्रिया पारदर्शी हूने प्रवक्ता बस्नेतले जानकारी गराउनू भएको छ।
https://goo.gl/forms/nHytT6nWXKb3DxkD3

Comments

ताजा खबर