फिफाको उत्कृष्ट खेलाडी अवार्ड लुका मोद्रिक लाई

२०७५, ९ आश्विन मंगलवार १३:५२

काठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोद्रिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक भने क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।

Comments

ताजा खबर