बढ्यो रिंगिट र दिनारको भाउ , हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

२०७५, ९ आश्विन मंगलवार १२:४५

काठमाडौं – आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ ।त्यस्तै, युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ ।एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ ।कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ०६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ९९ पैसा रहेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments

ताजा खबर