एसिड र चक्कु प्रहार हुदा युवति घाइते

२०७५, ९ आश्विन मंगलवार ०९:४६

असोज ९ नवलपुर,  नम्रता । नवलपुरको कावासोती १६मा युवति माथि एसिड र चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी कार्यलय नवलपुरका डिएसपी लिलाराज लामिछानेले दिएको जानकारी अनुसार सोमवार राति ८ बजेको समयमा कावासोती १६ वस्ने वर्ष ३० की बसन्ती परियारलाई स्थानिय ३७ वर्षिय बिमल श्रीपालीले बाटोमा हिड्दै गर्दा एसिड र चक्कु प्रहार गरि घाइते बनाएको जानकारी गराएका छन । युवति संग विहेको कुरा चल्दै गर्दा विहे गर्न नमाने पछि एसिड र चक्कु प्रहार गरिएको जनाइएको छ। घाइते परियारलाई स्थानियको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको हो । एसिड र चक्कु प्रहार गर्ने बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको जनाइएको छ ।

Comments

ताजा खबर