टोकियोमा दोस्रो बागेश्वरी गोल्डकप को तयारी तिब्र गराउदै , ताइसिट आउट गरेकोछ ।

२०७५, ७ आश्विन आईतवार २०:१६

टोक्यो सेप्टेम्बर २३ बिस्वास आचार्य । बाँके बर्दिया मैत्री समाज जापानले बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बाँके बर्दिया मैत्री समाजले गरिब तथा असहाय बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप २०१८ को आयोजना गर्न लागेको अध्यक्ष सुशिल मल्ल ले बताउनु भयो । प्रतियोगिता यहि सेप्टेम्बर ३० तारिखमा फुजिमोरी पार्क टोकियोको हाचिअोजी मा हुने भएको छ । समाजले प्रतियोगितामा पहिलो पाँच लाख दश हजार,दोस्रो दुई लाख दश हजार र तेस्रो हुने टिम लाई एकाउन्न हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिने साथै खेलाडी हरु मध्धे बाट १/१ जाना लाई बेस्ट प्लयेर् , बेस्ट देफेन्देर् , बेस्ट कीपर , धेरै गोल गर्नेलाई पाच / पाच हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

दोस्रो बागेश्वरी गोल्डकपलमा जापानमा रहेका बिभिन्न संघ सस्था सह-अयोजक को रुपमा काभ्रेली समाज जापान र अछाम सरोकार मन्च जापान रहेका छन् भने पूर्व राष्टिय खेलडी बसन्त गौचन , हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत सहयोग गर्ने बताउनुभयो । साथै मिडिया पाटनर सनराइज जेन , गोल नेपाल नेपालगन्ज टाइम्स रहेकोछ । सेप्टेम्बर २३ तारिक आज एक कार्यक्रम गरी ३२ टिम सहभागी हुने भन्दै ताइसिट पनि आउट गरिएको शुशिल मल्ल ले बताउनु भयो ।

गत बर्ष प्रतियोगिता मार्फत संकलन गरेको रकम रेडक्रस तथा विभिन्न सस्थाको सहयोगमार्फत बाढीपीडितलाई बितरण गरिएको थियो । दोस्रो बागेश्वरी गोल्डकपलमा सनराइज जेएन बाट लाईभ प्रसारण गरिनेछ ।

Comments

ताजा खबर