बझाङ प्रहरीको गस्ती टोलीले चरेससहित २ जाना पक्राउ गरेको

२०७५, ५ आश्विन शुक्रबार २१:२६

गोरखा रबिन्द्र कंडेल । बझाङको मष्टा गाँउपालीकाको कार्यालय नजिकैबाट प्रहरीले १८ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका मष्टा गाउँपालिका वडा नम्बर २ खीकालाको तुती सडक खण्डमा सदरमुकाम चैनपुर तर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले चरेससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नम्बर -२ का २० वर्षीया दिपक बुढा र जय पृथ्वी नगरपालिका १० घर भएकी गौरी शङ्कर प्राथमिक विद्यालय मष्टाकी शिक्षिका हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रवीण धितालले बताए । दुवै जनाको झोलाबाट नौ/नौ किलो चरेस फेला पारेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गरी उक्त बरामद चरेस र व्यक्तिलाई सार्वजनिक गरिएको छ ।

उनीहरूको साथ बाट दुई वटा स्कृन टच बाला दुई वटा स्यामसुङ् मोबाइल, एउटा माईक्रोम्याक्स मोबाइल र नगद १७ हजार ५ सय प्राप्त भएको डिएसपी धिताले बताए । दुई जना अरू पनि यसमा संग्लग्न रहेको र प्रहरीदेखी भागेपछि उनीहरूलाई नियन्त्रण लिन नसकिएको तर खोजी कार्य जारी रहेको डिएसपी प्रवीण धितालले जानकारी दिए ।

बझाङ जिल्लामा चरेस धेरै उत्पादन हुने भएका कारण सामान्य दुई चार हजारको लोभमा चरेसमा संग्लग्न भई जीवन बर्रबबाद नगर्न सबै स्थानीयहरूलाई आग्रह समेत गरे । यसको अन्त्यका लागी जनस्तरमा नै अन्तरक्रिया कार्यक्रम गरी जनचेतना फैलान जरुरी रहेको बताउँदै डिएसपी धितालले यसका लागी अब जिल्ला प्रहरी कार्यालयले पहल गर्ने र यसका सबै लय सहयोग तथा साथ दिन आग्रह गरे ।

Comments

ताजा खबर